ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको छ।
बैंकले यस अघि वार्षिक साधारण सभाले पारित गरेको १२.७५ प्रतिशत नगद लाभांश बुकक्लोज मितिसम्म कायम शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
आज एक सूचना मार्फत बैंकले नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीहरुको बैंक खातामा रकमान्तर गरिएको जनाएको छ।
त्यस्तै बैंकले बोनस शेयर बापतको कर रकम तिर्न बाँकी रहेका शेयरधनीहरु तथा रिलायबल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३/७४ को बोनस शेयर बापतको कर रकम तिर्न बाँकी रहेका शेयरधनीहरुको हकमा कर कट्टी गरी बाँकी रहेको नगद लाभांश पठाइने बताएको छ ।
त्यस्तै बैंकले भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरी खाताको विवरण उपलब्ध गराउन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया