भ्रमण बर्षको रौनक बढ्दै, ठमेलमा बनाइयो बिशाल लोगो, चेम्बर भवनमा ठुलो व्यानर

६ बर्ष अगाडि

काठमाडौं – भ्रमण बर्ष सुरु हुनुभन्दा केही दिन अघि काठमाडौंको मुख्य पर्यटकीय स्थल ठमेलमा भ्रमण बर्ष २०२० को बिशाल लोगो बनाइएको छ । ठमेलको नरसिङ चोकमा भ्रमण बर्षको लोगो बनाइएको हो । 
ठमेलका पर्यटन व्यवसायीहरुले उक्त लोगो बनाएका हुन् । यसका लागि पर्यटन मन्त्री योगेश भट्टराईले उनीहरुलाई धन्यवाद पनि दिइसकेका छन् । यस्तै, कान्तिथ स्थित चेम्बर भवनमा पनि भ्रमण बर्षको बिशाल व्यानर राखिएको छ । 
आगमी पौष १६ गते अर्थात जनवरी १ तारिखबाट नेपालले भ्रमण बर्ष मनाउँदै छ । यसका लागि काठमाडौंको  दशरथ रंगशाला सहित प्रदेश राजधानीहरुमा भव्य रुपमा भ्रमण बर्षको उद्घाटन गरिदै छ । 
त्यसको पुर्व सन्ध्यामा बिभिन्न ठाउँमा भ्रमण बर्षको व्यानर लोगो लगायतका चिन्ह जनाउने तस्वीरहरु सजाउने काम तिव्र रुपमा अगाडि बढी रहेको छ ।

\Image may contain: sky and outdoor

Image may contain: 1 person, basketball court

(तस्वीरः पर्यटनमन्त्रीको फेसबुकबाट)

६ बर्ष अगाडि

प्रतिक्रिया