राष्ट्र बैंकले १.४० अर्ब रकम निक्षेपमा राख्दै, कुन बैंकलाई कति ?

६ बर्ष अगाडि

काठमाडौं - राष्ट्र बैंकले रू. १ अर्ब ४० करोड रकम बैंक तथा वित्तिय संस्थाको निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त पैसा एक बर्षका लागि क, ख र ग बर्गका बैंकको निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले बाणिज्य बैंकमा १ अर्ब १२ करोड पैसा निक्षेपमा राख्ने छ । यस्तै, बिकास बैंकमा रू. २१ करोड र वित्तिय संस्थामा रू. ७ करोड पैसा राख्न राखिने छ ।
राष्ट्र बैंकले यसका लागि बैंकहरुलाई आगमी पौष १६ गते भित्र आवेदन दिन आग्रह गरेको छ । बैंकहरुले आफुले लिन चाहेको रकम र दिन सक्ने व्याज खुलाएर आवेदन दिनुपर्ने बताइएको छ । त्यसपछि राष्ट्र बैंकले आवश्यक प्रक्रिया पुर्याएर आगमी माघ १ गते देखि २०७७ पौष २९ गतेसम्म उक्त रकम निक्षेपमा राख्ने छ । उक्त रकम निक्षेपमा आएपछि बैंकहरुमा केही तरलता बढ्ने देखिन्छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया