अमेरिकाको चर्चमा गोली चल्यो, ६ सकेन्डमा ३ जनाको मृत्यु

६ बर्ष अगाडि

काठमाडौं – अमेरिकाको एक चर्चमा एक बन्दुकधारीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । आइतबार अमेरिकाको टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा प्रार्थना गरिरहेको बेला एक जना व्यक्ति उठेर अन्धाधुन्दा गोली चलाएका थिए ।
त्यो क्रममा दुई जनाको मृत्यु भएको छ,  त्यसपछि चर्चका सुरक्षाकर्मीले गोली चलाउने व्यक्तिलाई मारेका थिए । ६ सकेन्डको बीचमा यो घटना भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।  
यो घटनाको बिषयमा अझै केही रहस्य खुलेको छैन । त्यहाँको प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको बताएका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया