सिटिजन्स बैंकको एटीएमबाट पैसा चोर्ने प्रयास, २ जना पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ – राजधानीको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिनबाट पैसा चोर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही २० वर्षीय नन्दराज धराल रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

 एटीएमको मेसिन भित्र राखेको नगद रकम चोरी गर्ने उद्देश्यले उनीहरुले यो सबै कार्य गरेपनि महानगरीय प्रहरी बृत्त थानकोटको टोली सयममै पुग्दा रकम चोरिनबाट जोगिएको प्रहरीले जनाएको छ । 
 
प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलाको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया