आज साताको पहिलो कारोबारका दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४.९९ अंकले घटेको छ।
आज ११६६.८६ विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ ४ अंकले घटेर ११६२.४३ विन्दुमा पुगेको हो ।
कारोबार सुरु भएको तेस्रो घण्टा ७ अंकको हाराहारीमा घटेको परिसुचक कारोबारको अन्तिम समय सम्ममा आउँदा करिब ५ अंकको हाराहारीमा पुगेर बन्द भएको छ ।
त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९१ अंकले घटेको छ ।
आज १८१ कम्पनीको १५ लाख ५४ हजार आठ सय ९० कित्ता सेयर किनबेच हुदाँ ४२ करोड २४ लाख ५३ हजार ९०९ बराबरको कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १२ समूहको मध्ये ४ समूहको सूचक बढेको छ भने बाँकी आठ सुचक घटेको छ।
प्रतिक्रिया