नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा सरकार विरोधी प्रदर्शनको तयारी गरेका बेला कम्तिमा १३ जना पक्राउ परेका छन् ।
विप्लव नेकपाका कार्यकर्ताले काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शनको तयारी गरिरहेका थिए ।
सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुईजना महिला छन् ।
विप्लव नेकपाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै विप्लव नेकपाले प्रदर्शन गरेको हो ।
प्रतिक्रिया