व्यवसाय गर्न ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालको तीन सुत्र

६ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सफल व्यवसायीको रुपमा परिचित छन् । नेपाल कै सबैभन्दा ठुलो बैंक ग्लोबल आईएमईका अध्यक्ष समेत रहेका ढकालले केवलकार, जलविद्युत लगायतका क्षेत्रमा पनि लगानी गरेका छन् । 
२०२२ सालमा बागलुङमा जन्मीएका ढकाल आफैले पनि यो स्थानमा आउछु भनेर सोचेका थिएनन् । सामान्य परिवारका ढकालले हजारको मात्रामा केही रकम लिएर काठमाडौं आएका थिए । उनको परिवार व्यवसायीमा आवद्ध पनि थिएनन् । 
तर, सामान्य स्तरका ढकाल हालसम्म  आउँदा मुलुककै प्रतिष्ठित व्यवसायी बन्न सफल भएका छन् । बैंकको सामान्य जागिरेदेखि देश कै ठुलो बैंकको अध्यक्ष भएका ढकालले व्यवसायी गर्दा तीन कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । गत हप्ता बागलुङमा भएको एक कार्यक्रममा उनले भने, ‘सफल व्यवसायी गर्न मैले ती बिषयलाई प्राथमिकतामा राखेको छु, जसले गर्दा यो स्थान आएको छु ।’
जनता अर्थात् पब्लीकलाई फाइदा हुने व्यवसाय गर्नुपर्ने ढकाल बताउछन् । साथै, त्यो व्यवसाय सरकारको नीतिलाई सहयोग खालको हुनुपर्ने उनको भनाइ छ । यसैगरि स्वयम लगानीकर्तालाई पनि फाइदा दिन सकिने खालको व्यवसाय गर्नुपर्ने ढकालले बताए । 
उनले भने, ‘यी तीन बिषयलाई ध्यान दिइयो व्यवसायमा घाटा बेहोर्नु पर्दैन ।’ सरकारको नीतिलाई सहयोग गर्ने व्यवसाय गरेमा केही अफ्ठ्यारो पर्दा सरकारको साथ मिल्ने उनको भनाइ छ । साथै, मुख्य टारगेट पव्लीक नै भएकाले उनीहरुलाई पनि फाइदा हुने व्यवसाय गर्नुपर्ने उनी बताउछन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया