लांभाश तथा साधारण सभा प्रयोजनका लागि बुक्कोलज गर्ने भएपछि प्राइम कमरर्सियल बैकं सहित ५ वटा कम्पनिको बोनश शेयर आज सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।
प्राइम कमर्सियल बैंक ,महुली लघुवित्त संस्था,साना किसान लघुवित्त,जानकी फाइनान्स र युनाइटेड फाइनान्स गरी ६ संस्थाहरुले पुस १४ गतेबाट बुकक्लोज गर्न लागेका हुन ।
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस १४ गते बुक क्लोज गर्न लागेको बैंकको लाभांश आज सम्म कायम शेयधनीले मात्र पाउनेछन् ।आफ्ना शेयर धनिहरुलाई १६ प्रतिशत बोनश शेयर वितरण गर्नैका लागि कम्पनिले पुस २५ गते बिहान १० बजे राष्ट्रिय सभा गृहमा साधारण सभा आह्वान गरेको हो ।
यस्तै, महुली लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।पुस १४ गते बुक्कोलज गर्न लागेको कम्पनीले कम्पनिले करीब ३१.५७९ प्रतिशत लाभाशं प्रस्ताव पारित गर्न पुष २७ गते सप्तरीमा साधारण सभा बोलाएको छ।
त्यस्तै, साना किसान लघुवित्तलाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस १४ गते बुक्कोलज गर्न लागेको कम्पनीले आफ्ना शेयरधनीहरुलाई २८.६८ प्रतिशत बोनश शेयर बितरण गर्र्न पुस २६ गते अठारौ साधारण सभा बोलाएको छ ।
त्यस्तै जानकी फाइनान्सको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।भोलीबाट बुकक्लाज गर्न लागेको संस्थाले गत आर्थिक बर्षको मुनाफा बाट १३.१६ प्रतिशत बोनश शेयर वितरण गर्न पुस २४ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै, युनाइटेड फाइनान्सले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १४ गतेकम्पनिले बुक्कोलज गर्दैछ । साधारणसभा प्रयोजनका लागी बुक क्लोज गर्न लागेको फाइनेन्सले प्रस्ताव गरेको लाभांश आज सम्म कायम शेयर धनीले मात्र पाउनेछन् ।कम्पनीले शेयरधनीलाई ३ प्रतिशत बोनश शेयर वितरण गर्न पुस २५ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया