उपत्यकासहित देशभर चिसो अत्याधिक रुपमा बढेको छ ।
आज आइतवारकाठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाले जनाएको छ ।
आज मौसमको कुनै पनि प्रणाली सक्रिय नभएका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया