कृषि विकासको शेयरमूल्य समायोजन

६ बर्ष अगाडि

नेप्सेले कृषि विकास बैंक को शेयरमूल्य समायोजन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफलाबाट प्रस्ताव गरेको लाभांशका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

बैंकले यस अघि आफ्ना शेयरधनीहरुलाई  गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

शेयरमूल्य समायोजन पश्चात बैंकको शेयर प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ।

लाभांश प्रस्ताव अनुमोदन गर्न पुस २७ गतेतालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे आफ्नो तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया