देशैभर बिद्युतिय सवारी साधन चार्जिङ स्टेशन निर्माण कार्य शुरु

६ बर्ष अगाडि

सरकारले बिद्युतबाट चल्ने सवारीसाधनहरुलाई मध्यनजर गदै देशैभर चार्जिङ स्टेशन निर्माण कार्यलाई तिब्रताका साथ अगाडी बढाएको छ।

उर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार विद्युत प्राधिकरणले ठेक्का प्रक्रिया समेत शुरु गरेको जानकारी दिए।

प्राधिकरणले नेपालका मुख्य शहरभित्रका सवारी साधनका आवागमन भइरहने मुख्य सडक,राजमार्ग सगँ जोडिएका व्यापारीक भवन सिनेमा हल,विश्वविद्यालय,सरकारी निकाय,होटल तथा रेष्टुराँको पार्किङस्थल लगाएतका लागि उपयुक्त हुने जनाएको छ।

सरकारले ठुलो सख्यामा बिद्युतिय बस किन्ने निर्णय गरेको थियो तर हालका जडित स्टेशनमा साना गाडीको मात्रै चार्जिङ गर्न मिल्ने भएकाले सरकारले बिभिन्न स्थानहरुमा पनि थप गर्न प्रक्रिया अगाडी बढाएको हो।

ठुला विद्युतिय बसका लागि समेत हुने गरी करीब ५० ठाँउमा चार्जिङ स्टेशन निर्माणका लागि प्रक्रिया अगाडी बढाएको उर्जा सचिव घिमिरेले जानकारी दिए।

साथै अब निर्माण हुने चार्जिङ स्टेशनमा ठुला सवारी साधन पनि चार्ज गर्न मिल्ने व्यवस्था मिलाउने सचिव घिमिरेले बताए। 


 

६ बर्ष अगाडि

प्रतिक्रिया