सेन्ट जेभियर्स  र गोल्डेनगेट कार्बाहीमा, भ्याली इष्टिच्युट र काठमाडौं जवलाई पनि जरिवाना

६ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले सेन्ट जेभियर्स  र गोल्डेनगेट मल्टिपर्पोज, भ्याली इष्टिच्युट र काठमाडौं जवलाई कार्बाही गरेको छ । 

कानूनविपरीत जथाभावी पर्चा–पम्प्लेट टाँसेको भन्दै महानगरले शुक्रबार उनीहरुलाई जरिवाना गरेको हो । 

महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाका अनुसार सेन्ट जेभियर्स, गोल्डेनगेट र भ्याली इष्टिच्युट लाई ५÷५ हजार र काठमाडौं जवलाई १० हजार जरिवाना तिराइएको हो ।  

गृहमन्त्रालयको निर्देशनसँगै महानगरपालिकाले विभिन्न स्थानमा पोस्टर–पम्पेल्ट टाँस्नेहरुलाई शुक्रबारदेखि कारबाही शुरु गरेको हो । 

त्यसक्रममा शुक्रबार पोस्टर टास्दै हिँडेका १० जनालाई पक्राउ गरी कारबाही गरेर छाडिएको छ ।

शुक्रबारमात्रै विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार जरिमाना तिराएको सापकोटाले जानकारी दिए ।

महानगरका अनुसार शुक्रबार पूर्व क्षेत्रबाट २, पश्चिम क्षेत्रबाट पनि २ र मध्य क्षेत्रबाट भने पाँच जनालाई पक्राउ गरी गरेको छ । 

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले सहर सुन्दर बनाउने अभियानलाई तिव्रता दिन यो अभियान चलाएको हो । 

काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय शहर भएकोले यसको मौलिकता बचाउनुपर्ने भएपनि महानगरले आलटाल गर्दै आएको थियो । 

गृहमन्त्रालयले निर्देशन दिएपछि मात्रै महानगरले सो कार्यमा चाँसो देखाएको छ । 

भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा चार टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया