नेत्रविक्रम चन्द विप्लव समुहका मोरङ र सुनसरीमा गरी चार जना नेतालाई प्रहरीले प्रकाउ गरेको छ।
विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई आज शनिबार बिहान सुनसरीको चक्रघट्टिबाट प्रहरीले पक्राउ गरेको हो ।
यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र क्षितिज पौडेललाई हिजो शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीले जानकारी दिएका छन।
पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया