पोखरामा रात्रीकालिन व्यवसाय बढाउनुपर्छ : योगेश भट्टराई

६ बर्ष अगाडि

पर्यटन मन्त्री योगेश भट्टराईले पोखरामा रात्रीकालिन व्यवसाय बढाउँनुपर्ने बताएका छन् । शनिबार, पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । 

निर्माणधिन पोखरा अन्र्राष्ट्रिय विमानस्थलको निर्मण कार्य २०२१ को जुनमा सकिनु पर्नेमा ६ महिना अघि नै यसको निर्माण कार्य सकिने उनले बताए ।

‘२०२० को डिसेम्बरमा यसको निर्माण कार्य सकिदै छ । विमानस्थल निर्माण भई सकेपछि, अहिलेको मात्रै संरचनाले पुग्दैन, होटेलहरुले पुग्दैन,’ उनले भने, ‘त्यसको लागि पोखरा अघि बढ्नुपर्छ । पोखराको रात्रीकालिन व्यवसाय बढ्नुपर्छ ।’

विमानस्थलको ५२ प्रतिशत निर्मण कार्य सकिनु धेरै राम्रो काम भएको उनले सुनाए । पोखरामा बन्द रहेका रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्य बनाउनका लागि पोखरेली पर्यटन व्यवसायी र प्रदेश सरकारको सक्रियता निकै नै सकारात्मक रहेको उनले सुनाए । 

हिजो मात्रै बाहिरीएको हिमागृहलाई रिसोर्ट चलाउनको लागि नेपाल ट्रस्टको तयारीको बारेमा प्रश्न गर्दा मन्त्री भट्टराईले कानुनत दिन मिल्ने भए पनि ब्रह्मलुट मचाउँनको लागि दिन नहुने उनले सुनाए । 

पोखरा विमानस्थलको लागि पुन : जग्गा अधिग्रहण गर्ने तयारीमा रहेको समेत उनले खुलाए । जम्माजम्मि १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिने र त्यसको प्रचलित मु अब्जा पनि दिइने उनले बताए । जग्गा अधिग्रहणमा १२ घर पनि पर्ने उनले जानकारी दिए । 

भ्रमण वर्ष २०२० को लागि चीन, भारत, म्यानमार, युएई, कम्बोडिया, भुटान र अफिक्रि मुलुक लगायतबाट पर्यटन मन्त्रीहरु आउने उनले सुनाए । २०२० भित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष पुरा हुने समेत उनले दाबी गरे । गौतम बुद्ध विमानस्थल २०२० को आधा समयबाट सुरु हुने भएकाले पनि २०२० मा २० लाख पर्यटक आउने निश्चित भएको उनले सुनाए । 

देशको एक मात्र विमानस्थलको क्षमता बढेको र २४ घण्टा सञ्चालन गर्नको लागि अब कुनै समस्या नरहेको समेत उनले उल्लेख गरे । 

अन्तर्राष्ट्रिय मिडियाहरुले पनि नेपालको समाचारलाई महत्वपूर्ण स्थान दिएको उनले बताए । नेपालमा राजनीतिक व्यवस्था विरुद्धको लडाई सकिई सकेको र यो भन्दा उत्कृष्ट राजनीतिक व्यवस्था अर्को कुनै नहुने उनले बताएका छन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया