बुटवलमा बम विस्फोट

६ बर्ष अगाडि

‘एनसेल मेला २०७६’ को पुर्व सन्ध्यामा बुटवलमा गएराति शृंखलाबद्ध बम विस्फोट भएको छ ।

एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्रांगणमा गएराति करीब १० बजेतिर शृंखलाबद्ध बम विस्फोट भएको हो ।आज  एनसेलले गर्न लागेको कन्सर्टलाई विथोल्ने उद्देश्यले बिस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ। 

 विस्फोटपछि कन्सर्ट स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

गत बिहीबार चन्द नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले विज्ञप्ति जारी गर्दै राज्यलाई कर नतिरेको भन्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया