संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप जग्गा अधिग्रहण गरेर स्थानीयलाई इज्जतदार रुपले अर्को ठाउँमा लैजाने बताएका छन् ।
विमानस्थलको लागि थप थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको जानकारी दिँदै उनले स्थानीयलाई प्रचलित मूल्यमा मुआब्जा दिएर इज्जतदार रुपले अर्को ठाउँमा लैजाने बताए ।
शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अधिग्रहण नोक्सान हुने ढंगले नगर्ने प्रष्टीकरण दिएका छन् ।
विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको उनले जानकारी दिए ।
१ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लैजाँदा जग्गा अधिग्रहण गर्नुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया