काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका चाकडीबाज र हुन्छ हजुर, हस हजुर भन्दै कार्यकारी निर्देशकको वरीपरी घुक्ने व्यक्तिहरुका कारण समस्या थपिएको छ । प्राधिकरणलाई व्यवसायिक र नाफामूलक संस्थाको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असफल बनाउने लक्ष्यका साथ सो गिरोह परिचालित छ । यस विषयमा जानकारी पाएर पनि कार्यकारी निर्देशक कुलमान घिसिङले उनीहरुलाई किन बाहेक गर्न सकेका छैनन, सो विषयमा समेत प्रश्न उठेको जानकारहरुको भनाइ छ ।
कार्यकारी निर्देशकको सचिवालयमा रहेका शिव अधिकारी त्यसका खास मतियार हुन् । सचिवालयमा बसेर महत्वपूर्ण सूचना अहिले पनि पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्ले समक्ष पु¥याउने विशेष क्षमता अधिकारीको रहेको छ ।
कार्यालय समय भित्र बैठक राख्दा बैठक भक्ता नपाइने भएकाले उनले साँझ बिहान विभिन्न समितिको बैठक राख्ने र आफूलाई समेत केन्द्रमा राखेर भक्ता उपलब्ध गराउने व्यवस्था मिलाएका छन् । जुनसुकै समितिमा पनि बस्नुपर्ने उनको विशेष योग्यता रहेको प्राधिकरणमा धेरैलाई जानकारी छ । समिति भनेपछि अधिकारी सरलाई बस्नैपर्ने रमाइलो विशेषता छ, कति चाहिएको होला ? प्राधिकरणका एक कर्मचारीले उनको विशेषताका बारेमा प्रतिप्रश्न गरे ।
सधै कार्यकारी निर्देशकलाई मुख देखाउनुपर्ने हस हजुर, हुन्छ हजुर भन्ने तर कुनै पनि काम नगर्ने कार्यशैली पनि अधिकारीको छ । तर लोड स्वीकृति तथा अन्य महत्वपूर्ण कामका लागि आउने फाइल भने उनले लुकाएर राख्ने र मोटो रकम बार्गेनिङ गर्ने गरेको त प्राधिकरणका लागि नयाँ नौलो विषय नै रहेको छैन । रमाइलो त के छ भने कार्यकारी निर्देशकको सचिवालयमा रहेका अधिकारी तिनै व्यक्ति हुन् , जतिबेला अदालतमा मुकेशराज काफ्लेले मुद्दा दर्ता गराएका थिए , उनैले घिसिङका कार्य सम्पादन मूल्यांकनको फाइल अदालत पु¬¥याएका थिए । उनै अधिकारी अहिले पनि प्राधिकरणमा हालीमुहाली गरेर बसेका छन् ।
समितिको बैठक कुनै पनि नछाड्ने पैसा भनेपछि जिभ्रोले पनि टिप्ने स्वभावका अधिकारीलाई घिसिङले किन अझै पनि सचिवालयमा राखिरहेका छन् भन्ने कुराको भेऊ नपाएर प्राधिकरणका कर्मचारी समेत चित खाएका छन् । विदेश जानु प¬¥यो भने तीन बित्ता उफ्रेर दौडने अधिकारी पछिल्लो समय एक महिना भन्दा बढी बिना काम अमेरिका गएर आएका थिए । उनको बारेमा प्राधिकरणका कुनै पनि कर्मचारीले राम्रो भनेको पाउन मस्किल रहेको छ ।
यस्तै प्राधिकरणका अर्का एक नमूना छन् । ती हुन् मनोज सिल्वाल ।
उनकोे विशेष गरी कार्यालय हो मातातीर्थ । आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक सिल्वाल उनी धेरै जसो समय कार्यकारी निर्देशकको कार्यालय वरिपरी नै घुमेर बसीरहेका हुन्छन् । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले उनलाई मध्यभोटेकोशीको प्रबन्ध निर्देशक बनाएर पठाएकी थिइन । त्यतिखेर कुलमानको विरोध गर्न तिन हात उफ्रने पनि उनै थिए । अहिले उनै सिल्वाल कुलमानको चाकडी गरेर थाक्दैनन् । मध्य भोटेकोशीको कार्यप्रगति दुरुह हुनुको पछाडिको धेरै पात्र मध्ये प्रमुख पात्र हुन सिल्वाल । मध्यभोटेकोशीको हाल मात्रै ४२ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक सिल्वाल कार्यकारी निर्देशकको बाहिर रहेको हलमा नै बसेर गफ चुटन विशेष क्षमता राख्छन् । मातातीर्थ कार्यालय त उनी ससुराली गए जस्तै गरी कहिले काही यसो पुग्ने गरेका छन् ।
आयोजना व्यवस्थापन निर्देशनालयको काम भन्दा कुन प्रसारण लाइनको काम गर्दा पैसा आउँछ, कसरी पैसा झार्न सकिन्छ भन्ने विषयमा विशेष दख्ख्ल राख्ने सिल्वाल घिसिङको चाकडीमा समेत दख्खल राख्छन्न । यसो हो नी हजुर, उसो नी हजुर, यसो गरिस्यो न हजुर, मैले यसो गरे नी भन्दै कुलमानको वरीपरी घुमेर आयोजनाको काम अलपत्र पार्नमा सिल्वालको भूमिका महत्वपूर्ण रहेको प्राधिकरणका धेरै कर्मचारीलाई थाहा छ ।
पछिल्लो समय उनले कुलमानको कार्यकक्ष भन्दा तल्लो कोठमा एक अड्डा बनाएका छन् । सोही अड्डामा बसेर उनले आम्दानीको हिसाब किताब गर्ने गरेको कर्मचारी संघका एक पदाधिकारीले जानकारी दिए । एनइए इन्जिनियरिङ कम्पनीका प्रमुख छन् हितेन्द्रदेव शाक्य । उनी टेड टावरमा रहने भएपनि उनको निमित्तका रुपमा काम गर्ने सिल्वालका कारण प्राधिकरणको नेतृत्वको साख गिर्ला कि भन्ने चिन्ता आम मानिसले गरेका छन् । कार्यकारी निर्देशकलाई सधै अनुहार देखाउनुपर्ने उनको क्षमतालाई प्राधिकरणका कर्मचारीले समेत विशेष नोट गरेका छन् ।
प्रसारण र वितरणको काममा उनको असाध्यै चासो रहने गरेको छ । पैसा झार्न विशेष सिपालु रहेको भन्दै प्राधिकरणका कर्मचारीले उनलाई कुवेर सरको विशेषण पनि दिएका छन् । उता प्रसारण निर्देशनालयका प्रमुख समेत रहेका प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समेत धेरै जसो ऊर्जा उत्पादकलाई दुःख दिएको गुनासो छ । कुनै पनि आयोजनाको विषयमा कुरा गर्न आएभने भक्ता दिनुपर्ने, खाजा खुवाउनुपर्ने अवस्था आएको भन्दै एक स्वतन्त्र ऊर्जा उद्यमीले भने होइन प्राधिकरण कहिलेदेखि भन्सारमा परिणत भएछ हँ ।
पैसा बेगेर काम नगर्ने सिल्वालको लहै लहैमा अरु केही प्राविधिक कर्मचारी समेत प्राधिकरणको साख गिराउन लागिपरेका छन् । खाजा खुवाउनुपर्ने, बैठक भक्ता दिनुपर्ने जस्ता गुनासा कार्यकारी निर्देशक समक्ष पुगिसकेको भएपनि कुनै सुनुवाई नभएको ती उद्यमीको भनाइ छ । उता प्राधिकरणको वार्षिकोत्सवको अवसरमा विशेष भक्ता दिनुपर्ने भन्दै प्राधिकरणका कार्यरत नेपाली काँग्रेस निकटका कर्मचारीको रोइलो झनै बढ्दै गएको छ । प्राधिकरणका हाजिर गरेर टाप कस्ने प्राविधिक रुपमा मात्रै आधिकारीक कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, चुरोटको बट्टामा आवेदन दिएर नियुक्ती पाएका अन्य केही कर्मचारी दिनभर काँग्रेस पार्टी कार्यालयमा भेटिने गरेका छन् । कुलमानलाई घुडा टेकाएर छाड्छौ बुझ्नुभो भन्दै उनीहरुले प्राधिकरणका पूर्व कार्यकारी निर्देशक काफ्लेसँग सुख दुःखका गफ समेत चुट्ने गरेको उनका निकटवर्तीले बताएका छन् । उता प्राधिकरण नेतृत्वलाई असफल बनाउन सोही गिरोह नै प्राधिकरणका कार्यरत ज्यालदारी कर्मचारीलाई उचालेका छन् । उनीहरुले प्राधिकरण नाफामा गएको भन्दै जसरी भएपनि बोनस पाउनुपर्ने भन्दै भर्खर नाफामा जान लागेको संस्थालाई विवादमा ल्याउन खोजेका छन् । तर नाजायज माग कुनै पनि हालतमा पूरा नहुने भन्दै कार्यकारी निर्देशकले कडाईका साथ अडान राखेपछि तालाबन्दी गर्नेसम्मको धम्की दिएका छन् ।
प्रतिक्रिया