उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।
गृहजिल्ला बाग्लुङ्गमा आजदेखि शुरु भएको वाग्लुङ्ग महोत्सवमा पुगेका ढकालले बाग्लुङ 'इन्भेस्टमेन्ट टक'मा बोल्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
अधिकाश प्रदेश, जिल्ला तथा नगर उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको उपस्थितीमा बागलुङ उद्योग बाणिज्य संघले उनलाइ वरिष्ठ उपाध्यक्षका प्रस्ताव गरेकाे थियाे ।
ढकाल रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, उर्जा, अटोमोबाइल, सूचना–प्रविधि, केबलकार, हस्पिट्यालीटी, पर्यटन, ट्राभल, इन्फोटेन्ट्मेन्ट, विद्युतीय भुक्तानी लगायतका विभिन्न क्षेत्रहरुमा लगानी विस्तार गर्दै आएको व्यवसायीक घराना ‘आइएमई ग्रुप’ का अध्यक्ष हुन् ।
मुलुकको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका अध्यक्ष समेत रहेका उनी अहिले महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् ।

ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए ।
त्यसपछि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्ष मा निर्विरोध निर्वाचित भएका थिए ।
कार्गो व्यवसायबाट व्यवसाय सुरु गरेका ढकाललाई आइएमई मार्फत रेमिटेन्स व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ।
व्यवसायीक क्षेत्रका अतिरिक्त ढकाल सामाजिक क्षेत्रमा समेत उत्तिकै कृयाशील रहेका ढकाल पश्चिमाञ्चल विकास मंचका अध्यक्ष, नेपालका लागि इन्डोनेसियका बाणिज्य दूत समेत छन् ।
सरल स्वाभाव र मिलनसार व्यक्तित्वको छवि बनाउनुभएका ढकाल आफुले जिम्मेवारी लिएका कामप्रति गहिरो समर्पण र अभिरुचि राख्ने गरेका छन् ।
उनी बागलुङ्गकै अमलाचौरमा २०२२ मा जन्मेका हुन् ।
प्रतिक्रिया