नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ ।
प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन। ।
नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् ।
उनलाई शुक्रबार बिहान १० बजे अस्पताल लगिएको थियो । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन्
प्रतिक्रिया