खुल्दुली मेट्न रंगशाला पुगे प्रचण्ड, ७७ जिल्लामा सहयोग समिती

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिति गठन गर्न आग्रह गरेका छन् । 

आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गर्दै उनले सो आग्रह गरेका हुन् । 

‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं’– उनले भने – ‘निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’

स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तिरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गरे । 

उनले रंगशाला राष्टिय गौरवको आयोजना भएको र यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व भएको पनि बताए । 

रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडि बढिरहेको होला भन्ने आफुलाई खुल्दुली लागेकाले आफू रंगशाला हेर्न पुगेको भन्दै उनले आज आयोजना निर्माण स्थलमै आएर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको बताए । 

आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उनले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया