सुमो दुर्घटना हुदा  तीन जनाको मृत्यु

६ बर्ष अगाडि

मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र  पाँच घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो ।

मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । 
 घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ ।  सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र  दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।  ।

६ बर्ष अगाडि

प्रतिक्रिया