नून पुर्‍याउन खुलेकाे संस्थाले गर्‍याे २ सय ८७ सामाजिक काम, सिंहदरबार पुनर्निर्माण देखि पशुपति आर्यघाटमा एसीसम्म

६ बर्ष अगाडि

साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले स्थापनाको ५६ वर्षमा आफ्नो नियमित काम बाहेक २ सय ८७ वटा विभिन्न सामाजिक काम गरेको छ । 

२०२० भदौ २७ गते स्थापना भएको कर्पोरेशनले २०३० सालमा आगलागी भएको सिंहदरबार पुनर्निर्माणका लागि रु १ लाख देखि पशुपति आर्यघाट सेवा केन्द्रका बिरामीलाई चिसोबाट बँचाउन एयर कण्डीसन (एसी) प्रदान गर्ने समेत २ सय ८७ काम गरेको हो ।

यस अन्तर्गत पुरस्कार, सम्मान, छात्रबृत्ति, निर्माण तथा विभिन्न विपदमा सहयोगका कार्यसमेत रहेका छन् । 

पुरस्कार मात्रै ९५
कर्पोरेशनले पुरस्कार मात्रै ९५ जनालाई वितरण गरेको छ ।

जस अन्तर्गत बाल हितकारी पुरस्कार ३२ जनाले पाएका छन् ।

कर्पोरेशनको रजत जयन्तीको अबसरमा २०४२ सालदेखि वितरण शुरु गरीएको उक्त पुरस्कार नेपाली बालबालिकाहरुको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा योगदान दिएका व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । 

त्यस्तै २५ हजार राशीको पाणिनी पुरस्कार ७ जनालाई र निवन्ध प्रतियोगीता पुरस्कार ५ जनालाईप्रदान गरेको छ । 

कर्पोरेशनका पूर्व महाप्रवन्धक हेम बहादुर मल्लको स्मृतिमा स्थापना गरेका तीन प्रकारका पुरस्कारबाट ३९ जनालाई पुरस्कृत गरेको छ । जसअन्तर्गत अधिकृत स्तरको १९, ननअधिकृत स्तरको १९ र स्तरबिहीन १ जनाले पुरस्कार पाएका छन् । 

कर्पोरेशनले अधिकृतस्तर, नन्अधिकृत र स्तरबिहिनको दर्जा छुट्याएर इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कार पनि दिँदै आएको छ । 

जस अन्तर्गत सबै बिधामा ४/४ जना गरी १२ जनाले उक्त पुरस्कार पाएका छन् ।   

त्यस्तै सो संस्थाले नूनको बारेमा जनचेतना जगाउनका लागि राजा विरेन्द्रको गद्धीआरोहणका समयमा ‘नून’ विषयक निवन्ध प्रतियोगीता गरेर ५ जनालाई पुरस्कृत गरेको थियो । 

सम्मान १५ जनालाई
राष्ट्रको उन्नती र जनताको हितमा काम गर्ने राष्ट्रिय व्यक्तिलाई सम्मान गर्ने हेम बहादुर मल्ल सम्मान अन्तर्गत हालसम्म १५ जना सम्मानित भएका छन् ।

२५ वर्ष कर्पोरेशनको महाप्रवन्धक भएका जनप्रशासनका रोलमोडल मल्लको स्मृतिमा जनप्रशासन संघसंग मिलेर कर्पोरेशनले हरेक वर्ष जनप्रशासनका उत्कृष्ट व्यक्तलाई सम्मानित गर्दै आएको हो । 

मन्दिर ७ वटा
साल्ट टेडिङ्ग कर्पारेशनले २०४५ सालमा ब्रम्हा, विष्णु  महेश, बुद्ध, भीमसेन लगाएतका बिभिन्न स्थानमा ७ वटा मन्दिर स्थापना गरेको छ।

१४४ विद्यार्थीलाई छात्रबृत्ति 
साल्ट ट्रेडिङले विभिन्न तहका ६५ विद्यार्थीलाई छात्रबृत्ति समेत वितरण गरेको छ । 

हितकारी समितीबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत २४ विद्यार्थीहरुलाई छात्रवृत्ति प्राप्त गरेको छ । 

कर्पोरेशनका पूर्व अध्यक्ष लोकनाथ जोशीको स्मृतिमा स्थापना भएको लोकनाथ जोशी छात्रवृत्ति बाट १९ जनालाई पुरस्कृत गरेकाे छ।

सो पुरस्कार कर्पोरेशनका कर्मचारीका छोरीहरुमध्ये प्रवेशिका परीक्षामा  सबैभन्दा धेरै अंक ल्याउने लाई प्रदान गरिन्छ । 

यस्तै कर्मचारीका छोराहरुमध्ये प्रवेशिकामा उत्कृष्ट अंक ल्याउने छात्रलाई प्रदान गरिने पूर्व अध्यक्ष अनङ्ग शेरचन छात्रवृत्ति २१ जनाले प्राप्त गरेका छन् । 

कर्पोरेशनले खाद्य तथा प्रविधि अध्ययन संस्थान धरानमा अध्ययन गर्ने स्नातक तहका छात्रछात्रालाई पनि छात्रबृत्ति दिँदै आएको छ ।

विद्यार्थीलाई खाद्य प्रविधि अध्ययनमा प्रोत्साहित गर्नकाे लागि २०५० सालदेखि दिन शुरु गरीएको उक्त छात्रबृद्धि हरेक वर्ष ५ जनालाई प्रदान गरिन्छ ।

छात्रबृद्धि अहिलेसम्म ८० जनाले पाएका छन् । 

गेहेन्द्र बाटीका
कर्पोरेशनका संस्थापक अध्यक्ष गेहेन्द्र पाठकको स्मृतिमा केन्द्रिय कार्यालयमा गेहेन्द्र बाटीका पनि निर्माण गरेको छ । 

२५ विभिन्न सामाजिक काम
यसका साथै साल्ट टेडिङ्ग कर्पोरेशनले  २५ विभिन्न सामाजिक क्षेत्रमा काम गरेका छन् । जसमा सिँहदरबारमा आगलागी हुँदा पुननिर्माणको लागि २०३० सालमा रु १ लाख, २०३२ सालमा नेपाल आँखा अस्पत्ताललाई १ लाख, सिद्धार्थनरको भिम अस्पत्ताललाई १० हजार, बझाङ्गको क्याम्पसको लागि ११ हजार, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको मन्दिरका लागि ४ लाख, वीर अस्पत्ताललाई २०४३ सालमा शववाहन प्रदान गरेको थियो । 

त्यस्तै पोखरा सभागृहको लागि ५० हजार, डा. डिल्लीरमण रेग्मीको पुस्तकालय, पशुपति क्षेत्र विकास कोष,  गणबहालका उज्जल शेरचनलाई अमेरिका पढ्न जान सहयोग, प्रसुती गृहलाई एम्बुलेन्स, नेपाल ट्रष्ट, प्रहरी, खेलाडी, विद्यालय तथा भूकम्पपिडीतलाई ३० लाख सम्म सहयोग गरेको छ । 

साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालमा नूनको कारोबारलाई व्यवस्थित गर्न र उपभोक्तालाई राहत दिनको लागि स्थापना भएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया