८ अर्ब बराबरको आइपीओ ल्याउँदै १४ बीमा कम्पनी, एउटै कम्पनीकोे आइपीओ रकम डेढ अर्ब

६ बर्ष अगाडि

केही महिना देखी चर्चाको विषय बनेको बिमा कम्पनीहरुको आइपीओ छिटै निष्कासन हुने भएको  छ ।

१० नयाँ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र नेपाल  पुर्नबीमा कम्पनीले अबको केही समय मै ८ अर्ब ७८ करोड बराबरको आइपीओ निष्कासन गर्न लागेका हुन ।

आइपीओ जारी गर्ने मध्य धेरै जीवन बीमा कम्पनीहरु रहेका छन् । हाल सञ्चालनमा आएका अधिकांश जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् भने केहीले गर्न बाकीँ रहेको छ ।

हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकएिको छ भने  बिमा कम्पनीले निर्धारण गरेको चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधरणलाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।त्यही जारी पूँजीलाई आधार मानेर जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी कार्य अघि बढाइरहेका छन् ।

कुन जीवन बीमा कम्पनीले कति आइपीओ जारी गर्ने 

आइपीओ जारी गर्ने तरखरमा रहेका सबै जीवन बीमा कम्पनीहरु स्थापना भएको केही समय मात्र भएको छ ।

हालसालै स्थापना भएका कम्पनीेहरुले आफ्नो स्थापनाको एक वर्ष भित्र साधारण शेयर (आईपीओ) निष्कासन गरि सक्नुपर्ने हुन्छ । तर आइपीओ निष्कासन गर्नका लागि आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालन गरेको एक आर्थिक बर्षको लेखा परीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था भएकाले नयाँ बिमा कम्पनीहरुको आइपीओ निष्कासन गर्नमा ढिलाई भएको हो ।
 
जीवन बीमा कम्पनी मध्यको सबै भन्दा धेरै आइपीओ निष्कासन गर्नमा सिटिजन लाइफ रहेको छ । हाल १ अर्ब ७५ लाख चुक्ता पूँजी रहको कम्पनीले  ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ ।

त्यस्तै, ज्योती लाइफले ६६ करोड बराबरकोे  ६६ लाख कित्ता आइपीओ जारी गर्न लागेको छ ।हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको छ ।

त्यसैगरी, १ अर्ब ५० लाख बराबर चुक्ता पूँजी रहेको युनियन लाइफले ६४ करोड बराबरको आइपीओ निष्कासन गर्दैैछ ।

त्यस्तै रिलायन्स लाइफले ६३ करोड बराबरको ६३ लाख कित्ता आइपीओ निष्कासन गर्दै छ । हाल रिलायन्सको चुक्ता पूँजी १ अर्ब ४७८ करोड रहेको छ ।

त्यस्तै १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको सानिमा लाइफ, प्रभु लाइफ, आईएमई लाइफ, रिलाएबल लाइफ, सन लाइफ र महालक्ष्मी लाइफले ६०–६० लकरोेड बराबरको आइपिओ जारी गर्दैछन् ।

अन्य बीमा कम्पनी

जीवन बीमा सगँसगैँ केही निर्जीवन बीमा र नेपाल पुर्नबीमा कम्पनीले पनी आइपीओ निष्कासन गर्ने तरखरमन जुटेका छन् ।

जसमा निर्जीवन बीमा अन्तर्गत अजोड  इन्स्योरेन्सले ३० करोड बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । त्यस्तै जेनरल  इन्स्योरेन्स  र सानिमा जनरल इन्स्योरेन्सले पनि ३०–३० करोड बराबरको आइपीओ जारी गर्दैछन् । यी तिनवटै कम्पनीहरुको चुक्ता पूँजी ७० करोड रहको छ ।

त्यस्तै नेपाल पुर्नबीमा कम्पनीले पनि अत्याधीक संख्यामा आइपीओ जारी गर्न लागेको छ । ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्न लागेको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया