छिटै् ३० करोड बराबरको आइपीओ निष्कासन गर्दै अजोड इन्सुरेन्स, दोस्रो साधारण सभा आज

६ बर्ष अगाडि

अजोड इन्सुरेन्सले आज आफ्नो  दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

आइपीओ निष्कासन गर्ने बारे विषेश प्रस्ताव साथै अन्य विषयमा छलफल गर्न कम्पनीले उक्त सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विषेश प्रस्ताव पेश गर्दैछ । कम्पनीको यस अघि सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको थियो ।

यस अघि नै आइपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको कम्पनीले आज हुनलागेको सभाबाट आइपीओ निष्कासन बारे ठोस निर्णय निकाल्ने बताइएको छ ।

हाल अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले यस अघि नै ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

उक्त आइपीओ निष्कासन पश्चात कम्पनीको पूँजी पुँजी १ अर्व पुग्नेछ ।

कम्पनीको दोस्रो साधारण सभा आज दिउँसो ४ बजे लैनचौर ब्यांकेट काठमाडौंमा सुरु हुदैँछ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया