कतारमा बिभिन्न कारागारमा सजाय भोगिरहेका९ जना नेपालीलाई माफी दिएको छ।
कतार सरकारले आफ्नो राष्ट्रिय दिवसको अवसरमा ९ जना नेपालीलाई माफी दिएको हो। त्यसमध्ये राहदानी नभएका ४ जना नेपालीलाई बुधबार नै एकतर्फी यात्रा अनुमति दिएको त्यहाँस्थित नेपाली दुतावासले बताएको छ ।
कतारले गत डिसेम्बर १८ तारिखमा आफ्नो राष्ट्रिय दिवस मनाएको हो । रिहा हुने नेपालीहरुको नामसहित नेपालको ठेगाना र उनीहरु के कस्तो कसुरमा कहिले देखि जेल परेका हुन् भन्ने विषयमा भनें नेपाली दूतावासले कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया