समता लघुवित्तकाे हकप्रद शेयरमा आजबाट आवेदन खुला

६ बर्ष अगाडि

समता लघुवित्त वित्तीय संस्थाको अवितरित हकप्रद शेयरमा आजबाट आवेदन सकिनेछ ।

संस्थाले बिक्रीमा ल्याएको हकप्रद शेयर मध्य  १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म  १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

संस्थाले जारी गरेको  शेयर मध्य  संस्थापक तर्फ ८४ हजार ५९८ कित्ता र साधारण शेयर ७७ हजार १४० कित्ता गरी कूल १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री भएको थिएन ।

संस्थाको हकप्रद शेयरमा आज ९पुस ११ गते देखी पुस २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटल, तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबाट पनि आवेदन दिन सकिनेछ।

६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया