लक्ष्मी बैंकको लाभांश शेयरधनीको खातामा

६ बर्ष अगाडि

लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई प्रदान गरेको नगद लाभां  बैंकखातामा पठाएको छ। 

बैंकले आज एक सूचना प्रकाशित गर्दै कायम शेयरधनीहरुको हितग्राही खातामा बोेनस रकम पठाएको हो ।

यस अघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पुस ६ गते सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाले पारित गरेसगैँ शेयरधनीको खातामा ५ प्रतिशत नगद लाभांश आएको हो ।

बैंकले भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाता तथा बैंक खाताको विवरण बुझाउन अनुरोध गरेको छ भने अन्य कारणले लाभांहश नपाएका शेयरधनीको नाम बैंकको वेभसाइट लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया