नेप्सेमा आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन

६ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ। 

संस्थाले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफामा शेयर मूल्य समायोजन भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई  १२.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित गरी १२.५ प्रतिशत नगद लाभांश गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभा प्रयोजनार्थका लागी बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५३६ रुपैयाँ कायम गरेको छ।

लाभांश वितरण तथा अन्य प्रस्ताव बारे छलफल गर्न संस्थाले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया