अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदारलाई ६ हजार घुससहित पक्राउ गरेको छ ।
रुपन्देहीको गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र प्रसाद चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अख्तियारका अनुसार निज जोरा र चौधरीलाई सेवाग्राहीबाट छ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा गैडहवा गा.पा. वडा नं.-३ स्थित, सग्रहवा नजिकबाट बिहिबार उक्त घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया