चार वर्षमा ८३ प्रतिशत संरचना पुनर्निर्माण

६ बर्ष अगाडि

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा ८३ प्रतिशत संरचना पुनर्निर्माण गरेकाे छ । 

२०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य स‌ंस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण गरेकाे प्राधिकरणले जनाएकाे छ ।

स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो ।
 
भूकम्पबाट तहसनहस भएका संरचनालाई अहिले सुरक्षित र आकर्षक रुपमा पुनर्निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले प्रतिस्थापन गर्दै गरेको प्राधिकरणको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया