आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार ०.६२ अंकले घटेको छ।
आज ११६८.०३ विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ ०.६२ अंकले घटेर ११६७.४१ विन्दुमा पुगेको हो ।
कारोबार सुरु भएको केहि समय बाटै उकालो लागेको नेप्से परीसुचक कारोवारको अन्तिम अवस्थामा ओरालो लाग्दै १ अंकको हाराहारीमा घटेर बन्द भएको छ।
त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३५ अंकले घटेको छ ।
आज १७२ कम्पनीको १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर किनबेच हुदाँ ५८ करोड ८६ लाख ७७ हजार ८८७ बराबरको कारोबार भएको थियो ।
आज परिसुचक घटेपनि कारोबार रकम भने हिजोको तुलनामा बढेको छ। हिजो नेप्से परिसुचक १ अंकको हाराहारीमा बढ्दा ५३ करोड बराबरको कारोबार भएको थियो भने आज परिसुचक घट्दा पनि ५८ करोड बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज नेप्से घटे सँगै कारोबारमा आएका धेरै समुहको सुचक पनि आरालो लागेको छ। आज कारोबारमा आएका १२ समुह मध्येका बैकिंङ,जीवन बिमा,विकास बैकं र व्यापार बाहेकका आठ समुहका सुचक घटेको छ।
प्रतिक्रिया