एफपिओमा लगानी गर्नेलाई यसरी डुबायो बुटवल पावरले, गुम्यो प्रतिकित्ता १८० रुपैयाँ

६ बर्ष अगाडि

काठमाडौं – एफपिओमा लगानी गरेका लगानीकर्तालाई डुबाएपछि बुटवल पावर कम्पनी लिमिटेडले  शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले रु ५०१ मा एफपिओ बिक्री गरेको थियो ।

शेयर मूल्य घटेर न्यून बिन्दुमा पुगेको छ । कम्पनीले आज नेपाल स्टक एक्सचेञ्जमा गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन गरेको जनाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको जनाएको छ ।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता रु ३२०  कायम गरेको छ । यस आधारमा रु ५०१ मा एफपिओ खरीद गरेका लगानीकर्ताले रु १८० गुमाएका छन् ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित १८ प्रतिशत नगद लाभांश गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया