श्रीमतीकाे बचाउ गर्दै रामकृष्ण ढकालले भने 'कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनुहाेला'

६ बर्ष अगाडि

गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलमको विषयमा गरीएको टिप्पणीप्रति खेद प्रकट गरेका छन् । 

हिँजो जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरेको भनिएपनि उनले श्रीमती निलमको बचाउ गर्दै पत्रकार र टिप्पणीकर्ताले महिलाको न्यूनतम सम्मानमा ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अड्कलबाजी गरिएको भन्दै दुःख ब्यक्त गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् ‘महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’ 

हिँजो ढकाल र उनकी श्रीमती निलमबीच काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार लेखेका छन् । 

अदालतले पनि सम्बन्धविच्छेदको मुद्धामा मिलापत्र भएको जनाएको छ । 

सम्बन्धबिच्छेदको समाचार पछि सामाजिक सञ्जालमा उनका समर्थकहरुले ढकाललाई अप्ठ्यारो परेका बेला छाडेको भन्दै उनीकी श्रीमती निलमको आलोचना गरेका छन् । लालिगुराँस सहकारीले ढकालको घर लिलाम गरिदिएको कुरा केहीसमयअघि सार्वजनिक भएको थियो । घर लिलाम भएको कारण श्रीमतीले छाडेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुले दुःखको बेला साथ नदिने श्रीमती भन्दै निलमको आलोचना गरेका थिए । 

तर ढकालले भने यसविषयमा स्पष्ट कुरा नखुलाई श्रीमतीको बचाउ मात्र गरेका छन् । उनले सम्बन्ध विच्छेदको विषयमा आएका समाचारहरु परिवारको आत्मसम्मान विपरीत भएको भन्दै परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिन पनि अनुरोध गरेका छन् । 

‘सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु’, उनले लेखेका छन् । 

उनले आफ्नो सम्बन्धमा कुनै चिसो नआएको पनि बताएका छन् । ‘नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन्’, उनले भनेका छन् ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

उनले फेसबुकमा लेखेका छन् 

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन।

जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। 

सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। 

विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ(आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन।

व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस !

 

६ बर्ष अगाडि

प्रतिक्रिया