भूकम्पपछिको पुनःनिर्माण : जिडिपीमा ४.५ प्रतिशतको वृद्धि

५ बर्ष अगाडि

काठमाडौँ –  भूकम्प पछिको पुनः निर्माणमा १४ लाख २० हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएकाले कूल ग्राहस्थ उत्पादनमा ४.५ प्रतिशत वृद्धि भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा गरिएको अध्ययनले पुनः निर्माणले कूल ग्राहस्थ उत्पादनमा ठूलो प्रभाव पारेको पाइएको हो ।
आर्थिक वर्ष २०७१÷७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो । यसैगरी आव २०७२÷७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो ।

भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो । जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो । भूकम्पपछिको पुनःनिर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

पुनः निर्माण  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनःनिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

निजी आवास पुनःनिर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन ।  पुनःनिर्माणमा करीब  ६०० अर्ब रुपैयाँ खर्च हुँदा अर्थतन्त्र चलायनमा भई कूल ग्राहस्थ उत्पादनमा सकारात्मक प्रभाव परेको हो ।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन गर्नुपर्ने बताउँछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया