के तपाई घर किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ मने एभरेष्ट बैंकले मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ,’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता रु ९ हजार ३ सय ६३ मात्रै तिर्न मिल्ने योजना ल्याएको हो ।
रु १० लाख देखि रु ४० लाखसम्मको ऋण दिनेछ । बैंकका अनुसार रु १० लाख ऋण लिनेले मासिक रु ९ हजार ३ सय ६३ , रु २० लाख ऋणमा १८ हजार ७ सय २७ र रु ४० लाख ऋण लिएमा ४० हजार ४ सय ५४ मासिक किस्ता तिर्नुपर्नेछ ।
यो अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया