जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
संस्थाले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीबाट २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
संस्थाले प्रदान गर्ने उक्त लाभांश पाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
प्रतिक्रिया