सरकारी गोदाममा कुहिएको अबस्थामा भेटियो साढे ३८ लाखको चामल

६ बर्ष अगाडि

काठमाडौंमा रहेको सरकारी गोदाममा साढे ३८ लाखको मूल्य बराबरको बासमती चामल कुहीएको अबस्थामा फेला परेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंको गोदाममा पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल कुहिएको अवस्थामा फेला परेको हो । 

अनुगमनको क्रममा थापाथलीको गोदाम नं २४ तीन सय २३ क्विन्टल र गोदाम नं ३० मा  एक सय ६४ क्विन्टल बासमती चामल कुहिएको अबस्थामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

अहिले बजारमा बासमती चामलको मूल्य  प्रतिकिलो रु ७९ छ । सो मूल्य अनुसार उक्त चामलको मूल्य ३८ लाख ४७ हजार ३ सय रुपैयाँ पर्छ । 

चामलमा चिलेसा परेको, किरा स्पष्ट देखिएको, किराले चामल धूलो बनाएको र रङ परिवर्तन भएर खैरो भएकोले खान अयोग्य रहेको विभागले जनाएको छ । 

सो चामल पाँच वर्षअघि काठमाडौंका उपभोक्तालाई लक्ष्य गरेर जनकपुरबाट कुटेर  ल्याइएको भएपनि त्यो बेला बिक्री नभएको र अहिले कुहिएको खाद्यको अञ्चल कार्यालय थापाथलीका प्रबन्धक रणबहादुर बुढाथोकीले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया