एकै साथ ६ संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनले कति बोनस दिदैँ ?

६ बर्ष अगाडि

आज नेप्सेमा सूचिकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागी बुकक्लोज गर्ने भए पछि दुई वाणिज्य बैंकसहित ६ कम्पनीहरुको बोनस शेयर आज सम्म कायम शेयर धनीहरुले मात्र पाउने भएका हुन । बुकक्लोज गर्न लागेका

कम्पनीहरुमा आरएमडिसी लघुवित्त वित्तीय संस्था ,युनाइटेड मोदी हाइड्रोपावरले , नेपाल बैंक, कृषि विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आरएमडिसी लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागी भोली पौष ११ गते बुकक्लोज गर्दैछ । आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस वितरण गर्न संस्थाले पुस २३ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरलेले पुस ११ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ।लाभांश र साधारण सभा प्रयोजनका लागी बुकक्लोज गर्न लागेको कम्पनीले  ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्न पुष २७ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै नेपाल बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले पुस १३ गतेदेखि बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।बैंकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्न पौष २५ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै कृषि विकास बैंकले पौष १३ गते देखी २७ गते सम्म बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्न पौष २७ गते आफ्नो वार्षिक साधारण सभा डाकेको छ ।

त्यसैगरी, नेरुडे लघुवित्त वित्तीय संस्थाले पनि पौष १३ गते देखी २७ गते सम्म लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।संस्थाले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५।७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्न पौष २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, विजय लघुवित्तले पौष १३ गतेबाट बुकक्लोज हुने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।संस्थाले  गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने पुस २९ गते आफ्नो विार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया