नेप्सेमा स्पर्स लघुवित्तको शेयर मूल्य समायोजन

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्पर्स लघुवित्त वित्तीय संस्थाको शयेर मूल्य समायोजन भएको छ ।

संस्थाले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाका आधारमा शेयर मूल्य समायोजन भएको हो ।

यस अघि संस्थाले आफ्ना शेयरधनीहरुलाई  १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश गरि कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम गरेको छ।

लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुस २७ गते  होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया