जनताले संकलन गरेको राजश्व समयमै बैंक दाखिला नगर्दा गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ को कार्यालयमा रु ३० हजार राजश्व रकम चोरी भएको छ ।
गएराती अज्ञात समूहले कार्यालयको ताला तोडेर नगर ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले बताए ।
आज बिहान कार्यालय सहयोगीले आउँदा ताला तोडेको देखेपछि वडाध्यक्ष लगायत प्रहरीलाई खबर गरेका थिए।
चोरीको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरी चौरी सिमलटारीले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ ९३० अनुसार ‘गाउँपालिका तथा नगरपालिकाको कोषमा जम्मा हुन आउने सबै रकम कुनै बैंकमा खाता खोली जम्मा गर्नुपर्नेछ ।’
त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २७ (१) अनुसार प्रचलित कानून बमोजिम नेपाल सरकारलाई प्राप्त हुने राजस्व तथा सरकारी रकम कार्यालयमा प्राप्त भएपछि सोही दिन र सोही दिन सम्भव नभए भोलिपल्ट नै बैंक दाखिला गर्नुपर्छ ।
तर देशभरका प्राःय स्थानीय तहले यो नियमको ठाडै उल्लङ्घन गरी राजश्व रकम लामो समयसम्म बैंक दाखिला गर्दैनन् ।
पढ्नुहाेस ः जनताबाट उठाएकाे कर बैंक दाखिला गर्दैनन् ५ नम्बर प्रदेशका स्थानीय तह
कतिपय स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिले राजश्व बैंक दाखिला नगरी खर्च गर्ने गरेका छन् भने कतिपयले आफूले ब्याजमा लगाउने गरेका छन् ।
त्यसमध्ये पाँच नम्बर प्रदेशमा गुल्मीको मालिका गाउँपालिका संकलित राजश्व समयमै बैंक दाखिला नगर्ने गाउँपालिका मध्ये पर्दछ ।
चाेरी भएकाे साे वडा कार्यालयबाट बैंकमा पुग्न जम्मा ३० मिनेट लाग्छ । तर पनि समयमै बैंक दाखिला नगर्दा चाेरी भएकाे स्थानीयले बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी वडाका कर्मचारीले बैंकमा रकम दाखिलाका लागि मासिक १० लिटर इन्धन लिने गरेका छन् ।
कानूनकाे उल्लंघन गरी जनताले तिरेकाे करकाे दुरूपयाेग गर्दा यस्ता धेरै समस्या उत्पन्न हुने सराेकारवालाहरूकाे भनाइ छ ।
प्रतिक्रिया