राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन।
नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिइन ।
“हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो, हामी विश्वलाई नै मित्रताको सम्बन्धमा गाँस्नुपर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ”, उनले भनिन ।
कूटनीतिक माध्यमद्वारा देशको गरिमा र प्रतिष्ठा सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ पूर्वराजदूतको योगदानको राज्यले सधैँ स्मरण गरिरहने बताउँदै उनले विभिन्न चुनौतीका बीच मुलुकको शिर उँचो राख्न पूर्वराजदूतले प्राप्त गरेको सफलता नेपालको इतिहासको उज्ज्वल पक्ष हो भनिन ।
राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई सङ्घका तर्फबाट सम्मान गरीन ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गरीन ।
नेपालजस्तो मुलुकका लागि आफ्नो अस्तित्व, विकास र हितको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भनेकै सफल कूटनीति भएको बताउँदै उनले नेपालको सामथ्र्य भनेकै आफ्ना मित्रसँग सन्तुलित सम्बन्ध विकास गरेर हित प्रवद्र्धन गर्नु हो भनिन ।
प्रतिक्रिया