प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो ।
सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आग्रह गरेपछि निगरानी सुरु गरेको बताए ।
डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजुमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताए ।
उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताए ।
प्रतिक्रिया