अब आउने मकैको ‘सिजन’मा बाँदर धपाउने मेसिन

५ बर्ष अगाडि

राष्ट्रिय आविस्कार केन्द्रले आगामी मकैको सिजनसम्म बाँदर धपाउने मेसिन ल्याउने भएको छ । 

डा. महाबीर पुनले स्थापना गरेको केन्द्रले बाँदर लगायत अन्य वन्यजन्तु लखेट्ने मेसीन ल्याउने जनाएको हो । 

देशभर आतंककै रुपमा रहेको बाँदर धपाउनका लागि मेसिन बनाउन किसानले धेरै पटक आग्रह गरेकोले यस्तो मेसिन बनाउन थालेको वैज्ञानिक डा. पुनले बताए । 

मेसीनको अहिले ल्यावमा परिक्षणको काम भइरहेको उनले बताए । 

हाल डिजाइन र परिक्षणकै क्रममा रहेको मेसीनको मूल्य तत्काल तोक्न नसकिने भएपनि  ५ हजार रुपैँया देखी १० हजार रुपैँया सम्म पर्न सक्ने केन्द्रले जानकारी दिएको छ । 

सौर्य उर्जा र जल विद्युत दुवैबाट चल्ने उक्त मेसीनले निश्चित समयको अन्तरालमा आवाज निकालेर बाँदर र वन्यजन्तु लखेट्ने काम गर्ने बैज्ञानिक डा. पुनले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया