महिला सहयात्राको लाभांश प्रस्ताव संशोधन, तिन प्रतिशतले घट्यो बोनस

६ बर्ष अगाडि

महिला सहयात्रा लघुवित्तले यस अघि प्रस्ताव गरको नगद लाभांश संशोधन गरेको छ । 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव संशोधन गरेको हो ।

कम्पनीले यस अघि  गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । 

तर कम्पनीले लाभांश संशोधन गरे पश्चात लगानीकर्ताहरुले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७.५ प्रतिशत नगद गरि कुल १७.५० प्रतिशत लाभांश पाउने भएका हुन् ।

कम्पनीको बोनस नेपाल राष्ट्र बैंकलको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया