आज नेप्सेमा झिनो अंकले वृद्धि

६ बर्ष अगाडि

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार १.८२ अंकले  बढेको छ । 

आज ११६६.५६ विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ १.८२ अंकले बढेर ११६८.०४ विन्दुमा पुगेको हो ।

कारोबार सुरु भएको तेस्रो घण्टा ६ अंकको हाराहारीमा बढेको परिसुचक पुनः ओरालो लाग्दै करिब दुई अंकको हाराहारीमा पुगर बन्द भएको छ । 

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले बढेको छ । 

आज १७५ कम्पनीको १६ लाख ८१ हजार आठ सय ३८ कित्ता सेयर किनबेच हुदाँ ५३ करोड ८३ लाख बराबरको कारोबार भएको थियो । 

आज परिसुचक बढेपनि हिजोको तुलनामा कारोबार रकम भने घटेको छ । हिजो नेप्से परिसुचक २ अंकको हाराहारीमा घट्दा ७२ करोड बराबरको कारोबार भएको थियो भने आज आज परिसुचक बढ्दा पनि ५३ करोडको मात्र कारोबार भएको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ समूहको मध्ये ८ समूहको सूचक बढेका छ भने ४ समूहको सूचक घटे्को छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया