वडा कार्यलयमा आगजानी

६ बर्ष अगाडि

रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं। १० को कार्यालयमा अज्ञात समुहले आगजानी गरेको छ ।

सोही नगरपालिकाको भ्याउनेमा रहेको कार्यालयका सामानहरु  बुधबार दिउसो  १ बजे तिर जलाईदिएको हो ।

कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरालगायत सामान जलेका छन् । कार्यालयको सामग्री कोठाबाहिर निकालेर आगो लगाइएको प्रहरीले जनाएको छ ।

 फर्निचरको साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलाइएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिए ।

। वडा कार्यालयको सामग्री कसले र किन जलाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया