नागरिक लगानी कोषले स्टक डिलर कम्पनी स्थापना गर्ने भएको छ । लगानी कोषले पाँच अर्ब चुक्ता पूँजीमा उक्त डिलर कम्पनी खोल्न लागेको हो ।
कोषको मुख्य स्वामित्व रहने उक्त कम्पनीमा सर्वसाधारण साथै सरकारको स्वामित्व रहेका अन्य कम्पनीले समेत लगानी गर्न पाउनेछन् ।
कोषका अनुसार उक्त कम्पनीमा ५१ प्रतिशत नागरिक स्वामित्व नागरिक लगानी कोषको रहनेछ भने बाँकी ४९ प्रतिशत सर्वसाधारण साथै अन्य कम्पनीको रहनेछ ।
स्टक डिलरमा लगानी गर्नेमा नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनी, संचय कोष लगायत अन्य संस्थानहरु रहने बताइएको छ ।
त्यस्तै स्टक डिलरमा लगानी कोष पछि सबैभन्दा धेरै सर्वसाधारणको स्वामित्व रहनेगरी व्यवस्था मिलाउने बताइएको छ।
प्रतिक्रिया