पाल्पा र गुल्मीमा पशुपालनका लागि प्रस्ताव आह्वान, १ करोड ७३ लाख अनुदान पाउने

५ बर्ष अगाडि

पाल्पा र गुल्मी जिल्लामा पशुपालनकाका लागि भेटेरिनरी अस्पत्ताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले प्रस्ताव आह्वान गरेको छ । 

पशुपंक्षी विकास तथा स्वास्थ्य, कृषि तथा पशुपंक्षी उद्योग, स्रोत तथा प्रविधी र खाद्य पोषण कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमका लागि  प्रस्ताव आह्वान गरेको हो । 

कार्यक्रमका लागि केन्द्रले १ करोड ७३ लाख अनुदान उपलब्ध गराउने छ । 

केन्द्रले ति जिल्लामा आयआर्यनको लागि भेंडा/बाख्रापालनका लागि १२ लाख, माु तथा डेरी पसल सुधाका लागि २४ लाख, छुर्पी तथा चिज उद्योग स्थापनाका लागि १५ लाख, एकिकृत फार्म स्थापनाका लागि ४० लाख, चपकटर मेसिनका लागि ५० लाख दिने जनाएको छ । 

त्यस्तै घांसेबाली स्रोतकेन्द्र स्थापनाका लागि २० लाख, घांस तथा दाना उत्पादनको लागि २० लाख, घांसेबालीको बीउ उत्पादनका लागि २ लाख, सुंगुर/वंगुर पालनका लागि १० लाख र स्थानिय कुखुरापालनका लागि २५ लाख सहयोग गर्ने छ । 

ति कार्यक्रमका लागि हरु लिने फर्म, कम्पनी, निजी उद्यमी, समूह, समिति र कृषि तथा दुग्ध उत्पादक सहकारीले प्रसताव पेश गर्न सक्नेछन् । 

अनुदान पाउनेहरुले २० देखि ५० प्रतिशतसम्म लागत सहभागीता जुटाउनुपर्ने केन्द्रले जनाएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया