मकवानपुरको इपा खोला नजिकै आगोको मुस्लो

६ बर्ष अगाडि

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा  आगोको मुस्लो देखिएको छ।

बकैया गाउँपालिका १२ र मकवानपुरगढी गाउँपालिकाको सीमाना चापकी भन्ने ठाउँमा जंगलमा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन्।

बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा एकदमै ठूलो आगोको मुस्लो आइरहेको  बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेले बताए। आगो लागेको स्थान मानव बस्तीदेखि टाढा भएकाले के जलेको हो भन्नेबारे यकीन भइसकेको छैन।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया